लागुऔषधसहित दुई भारतीय प्रहरी नियन्त्रणमा

१४ आश्विन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – काठमाडौँ महानगरपालिका–१४ स्युचाटारबाट नियन्त्रित लागुऔषध डाइजेल्याब ९६ एम्पुल, नुर्फिन ९६ एम्पुल र फेनरागन ९५ एम्पुलसहित दुई जनालाई  प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा भारत मधुवन घर भएका २० वर्षीय सरेग मण्डल र सोही ठाउँका २० वर्षीय सुनिलकुमार चौधरी रहेका छन् ।शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागुऔषध फेला परेको थियो ।news24

फेसबुकबाट तपाईको प्रतिक्रिया