कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क

प्रकाशित मिति:

बिराटनगर –कोशी अस्पतालमा रेबिजविरुद्धको सुई निःशुल्क गरिएको छ ।अस्पतालमा दैनिक १५ देखि २० जनाको सङ्ख्यामा रेबिजविरुद्धको सुई लगाउन बिरामी आउने गरेका छन् । कुकुर, बिरालो र बाँदरले टोकेपछि उनीहरु रेबिजविरुद्धको सुई लगाउन आउने गरेका हुन् ।अस्पतालका चिकित्सक डा सरवेशकुमार झा रेबिजविरुद्धको सुई नलगाउँदा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताउँछन् । उनले सुई लगाएर सुरक्षित रहन आग्रह गरे।

“अस्पतालले रेबिजविरुद्धको सुई निःशुल्क लगाउने गरेको छ”, उनले भने । रेबिजविरुद्ध चारवटा सुई लगाउनुपर्ने हुन्छ ।“मानिसमा रेबिजको बारेमा ज्ञानको कमी छ”, डा झाले भने, “समयमै उपचार गराउन नआउँदा ज्यान जोखिममा पर्ने गरेको छ ।”अस्पतालले निःशुल्क लगाउँदै आएको रेबिजविरुद्धको सुई कतिपयले प्रतिसुई रु पाँच सयमा लगाउने गरेको पाइएको छ । रेबिजविरुद्धको सुई लगाउन कसैले लापरवाही गर्न नहुने डा झा बताउँछन् ।