सभामुख महराको राजीनामाबारे संसद् सचिवालयले निकाल्यो यस्तो सूचना

प्रकाशित मिति:

काठमाडौं – सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले सूचना प्रकाशित गरेको छ । हिजो महराले दिएको राजीनामासम्बन्धी सूचना सचिवालयले आज प्रकाशित गरेको हो ।

सभामुख महराले राजीनामा दिएकाले उपसभामुखको आदेशअनुसार प्रतिनिधिसभा नियमावली २०७५ को नियम २.१.१ को उपनियम (२) बमोजिम सूचना निकालिएको संसद् सचिवालयका सचिव भरतराज गौतमद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ । संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारमिाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख महराले मंगलबार राजीनामा दिएका थिए ।