‘पोई पर्यो काले’ ट्रेलरः रोमान्टिक कमेडी अवतारमा सौगात, आकाश, पूजा र श्रृष्टि

१५ आश्विन २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
22 Shares


काठमाडौँ -आगामी कात्तिक ८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘पर्यो काले’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक ट्रेलरमा सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठको रोमान्टिक लभस्टोरीलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।फिल्मको कार्यकारी निर्माताको रुपमा अमलादेवी राई रहेकी छन्, भने निर्माताहरुमा राजिव गुरुङ दीपक मनाङ्गे र सरोज नेपाली रहेका छन् । फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्मको स्टोरी पनि निर्देशक राणाकै रहेको छ ।

फिल्ममा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ, भने लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत रहेको छ । शिव ढकालको छायाङकन रहेको ‘पोई पर्यो काले’लाई तारा थापाले सम्पादन गरेका हुन् ।फिल्ममा सौगात, आकाश, पुजा, श्रृष्टि, सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली, श्रृष्टि खड्का, राजाराम पौडेल, विन्दा खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगाएत मुख्य भूमिकामा छन् । सार्बजनिक ट्रेलर हेर्नुहोस 

फेसबुकबाट तपाईको प्रतिक्रिया