चन्द्रागिरी त्रिभुवन पार्कमा एक पुरुषको शव फेला

प्रकाशित मिति:

काठमाडौं-काठमाडौंको चन्द्रागिरी त्रिभुवनपार्कमा एक पुरुषको शव फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं।४ त्रिभुवन पार्कको वडा नं।४ र ७ को बीच भागमा रहेको खोलामा एक पुरुषको शव फेला परेको हो ।

महानगरिय प्रहरी बृत्त थानकोटका डिएसपी कुमार विक्रम थापका अनुसार नाम थर बतन नखुलेको अन्दाजी ३०र३५ बर्षको पुरुषको शव फेला परेको बताए । डिएसपी थापाका अनुसार वर्ण गहुँगोरो उचाई ५ फिट १ इन्च, कालो जिन्स पाइन्ट लगाएको मंगोलियन चेहेरा भएको पुरुषको शव कसको हो, भनेर पुष्टी नभएको बताए ।