नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा नयाँ सदस्यताको आवेदन खुल्ला

प्रकाशित मिति:

बुटवल –नेपाल पत्रकार महासंघ रुपन्देहीले नयाँ सदस्यताको आवेदन खुल्ला गरेको छ ।महासंघको बुधबार बसेको बैठकले नयाँ पत्रकारले असोज २९ गतेभित्र आवेदन दिन सक्ने गरी सार्वजनिक सूचना जारी गरेको हो ।

नेपाली नागरिकताको प्रतिलिपि , शैक्षिक प्रमाण पत्रको प्रतिलिपि , काम गर्ने संस्थाबाट लिइएको नियुक्ति पत्र , निवेदकको नाममा प्रकाशन प्रशारण भएका कम्तीमा ५ वटा सामग्री , कार्यरत प्रतिष्ठानको सूचना विभागमा पठाएको दरबन्दी विवरणको प्रतिलिपिको आवश्यकता रहेको महासंघले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।