अमेरिकी डलरको भाउ साढे २ वर्ष यताकै उच्च विन्दुमा

प्रकाशित मिति:

काठमाडौँ –अमेरिकी डलरको भाउ साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । जपान सरकारले उपाभोक्ता करमा गरेको वृद्धि, तथा अस्ट्रेलियन केन्द्रीय बैंकले ब्याजदरमा कटौति गर्दा ति देशकको मुद्राको भाउ घटेको छ । युरोपको मुद्राको भाउ यो वर्षकै न्यून विन्दुमा भरेको छ ।

बुधबार अमेरिकी डलरको भाउ बढेर साढे २ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । मुद्रा बजारमा आवद्ध प्रमुख मुद्राहरुको तुलनामा डलर सूचक यो साटा बढ्दो क्रममा छ । मंगलबार यता डलरको भाउ बढेर २९ महिना यताकै उच्च विन्दुमा पुगेको हो । सन २०१७ मे महिना यताकै उच्च विन्दुमा डलरको भाउ पुगेको हो । विश्वभर सार्वजनिक भएका अधिकांश आर्थिक तथ्याङ्कहरुले अमेरिकी अर्थतन्त्र अन्य मुलुकको भन्दा राम्रो रहेको देखाएपछि अमेरीकी डलरमा वृद्धि भएको हो ।