भारतीय सिमामा पर्खाल लगाऔंः साँसद चौधरी

प्रकाशित मिति:

लहान – विगतमा लहानबाट जडीबुट्टी, धान चामल, दाललगायतको कृषि उत्पादन बाहिर जाने गर्थियो साँसद पद्मनारायण चौधरीले बताए । जिल्ला उद्योग वाणिज्य सँघ लहानले आयोजना गरेको दशैं पर्व लक्षित शुभकामना अदानप्रदान कार्यक्रममा असोज १५ गते साँसद चौधरीले अहिले कृषि उत्पादन घटेर हो की सबैथौक भारतबाट आउँने गरेको बताए । यस्तो अवस्थामा भारतसँग खुला सिमा हुँदै तेस्रो मुलुकको मालसमान भारत पठाउँन व्यापारीहरुलाई छुट दिनुपर्ने बताए । ग्राहकहरुले पसलबाट मालसमान बेच्ने सेवाग्राहीलाई भ्याटसहितको बील दिनुपर्ने बताउँदै सिमाक्षेत्रको कारोबार सुचारु गर्न साँसद चौधरीले बताए ।

प्रदेश २ साँसद लगनलाल चौधरीले यो देश बुद्ध जन्मिएको भन्दै यहाँका जनता सुखी शान्ति हुनुपर्छ । बोर्डरमा पर्खाल लगाउँनु पर्छ । मेरो राजनीतिक जीवन ५० बर्ष पुरा भएको भन्दै साँसद चौधरीले सबै कुरा कानुनले सम्भव नरहेकोले सिमाक्षेत्रको व्यापार तथा व्यापारीहरुको परेको समस्या समाधान गर्न व्यवहारिक तवरबाट जानुपर्ने बताए । प्रदेश सांसद अशोक यादवले भारतमा १० रुपैयाँको समान खरिद गर्दा बील दिने चलन छ । तर, हाम्रो ठाउँमा बील दिने चलन नभएर भ्रष्टाचारी मौलाएको बताए । उत्पादन तथा भ्रष्टाचारी न्यूनिकरणको लागि उद्योग वाणिज्य सँघ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेश साँसद मदन श्रीवास्तव, साँसद जगत यादव, पूर्व सभासद् रामचन्द्र यादव, सशस्त्र प्रहरीका एसपी, नेपाल निर्माण व्यावसायी सँघ लहानका अध्यक्ष रासलाल राय, नेपाल पत्रकार महासँघ सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, ईलाका प्रशासन कार्यालय लहानका नि.प्रमुख भोजराज खतिवडा, ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजाल, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, भगवानपुर गाउँपालिका प्रमुख बेचन यादव, लहान उद्योग वाणिज्य सँघका अध्यक्ष अशोकलाल अमात्य, महासचिव अब्दुल करिम, विकास शारडा लगायतले मन्तव्य राखेका थिए ।