पत्रकार असुरक्षित भएपछी प्रेस युनियनले निकाल्यो यस्तो बिज्ञप्ती

प्रकाशित मिति:

बुटवल – सञ्चार जगतका दरिला खम्बा एबम चर्चित पत्रकार अजयबाबु शिवाकोटीले समाचार लेखेकै भरमा अनर्गल एबम बिभिन्न लालक्षेणा लागेको र समाचार सार्वजनिक भएकै दिन पनि मोटरसाइकलमा पछ्याइएको कारण घरसमेत जान नसकेका सम्पादक शिवाकोटी सो रात अन्यत्रै सुरक्षित स्थानमा बसेका थिए। त्यसपछि पनि उनीमाथि नगरानी राखिएको जानकारी हाम्राकुरा टिमले दिएको छ । बुधवार विहानबाट शिवाकोटीलाई सामाजिक सञ्जालमा अनर्गल आरोप लगाउने र चरित्रहत्या गर्ने काम समेत सुनियोजित आक्रमणको संगठित योजना भएको हाम्रो ठहर छ। यो बिषयलाई लिएर प्रेस युनियनका सभापति बद्री सिग्देल द्वारा लिखित बिज्ञप्ती सार्वजनिक भएको छ ।
बिज्ञप्तिको पूर्णपाठ

प्रेस विज्ञप्ति

हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित ‘सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी माथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयको आज बसेको आकस्मीक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको छ । नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ ।

 समाचार लेखेकै आधारमा महासचिव शिवाकोटीलाई पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुश गराउने जुनसुकै व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कडा कारवाही गर्न तथा उहाँको सुरक्षाको ग्यारेण्टी गर्न प्रहरी प्रशासन तथा सरकारसँग जोडदार माग गर्दर्छाैं । कुनै पनि समाचारमा चित्त नबुझेमा कानूनी उपचारको बाटो हुँदा हुँदै त्यसका विपरीत हुलहुज्जत गर्ने र धम्क्याउने कार्यले सिंगो प्रेस जगतलाई नै आतंकीत बनाउन खोज्नु दुभाग्र्यपुर्ण छ । स्वतन्त्र प्रेस लोकतान्त्रिक व्यवस्थाको आधार स्तम्भ हो । यस तर्फ सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउँदै प्रेस माथिको धम्की र गैरजिम्मेवार चरित्र प्रर्दशन जारी रहे नेपाल प्रेस युनियन कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिन चाहन्छ ।

                     बद्री सिग्देल
                   अध्यक्ष, नेपाल प्रेस युनियन रुपन्देही