महरामाथि लागेको आरोपमा बाबुराम भन्छन – महिलालाई फकाएर,धम्क्याएर यू–टर्न गराइयो !

प्रकाशित मिति:

काठमाडौं – समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्तीकरणीको आरोप लगाउने रोशनी शाहीलाई यू–टर्न गराइएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत बाबुरामले यस्तो आरोप लगाएका हुन्  ‘बाबुरामले ट्विटरमा लेखेका छन्– ‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने, भेद खुलेपछि ती स्त्रीलाई नै फकएर/धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरूषगमन गरेबापत अर्को पुरूष/लोग्नेले घरनिकाला गर्ने ! यो राम-रावण द्वन्दमा सीतालाई बलि चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति/सांस्कृतिक क्रान्ति,कणहरू?’

महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी रोशनीले पछिल्लो समय आफ्नो आरोपको खण्डन गर्दै आएकी छन् । रोशनी र उनका पतिबीच सम्बन्धबिच्छेदको सहमति भएको कुरा पनि सामाजिक सञ्जालमार्फत नै सार्वजनिक भइसकेको छ ।

हेर्नुहोस्, ट्वीट :