महरा काण्डमा लाज मान्दै शशीले अनुहारमा दले कालोपोतो र लगाए जुत्ताको माला

प्रकाशित मिति:

काठमाडौं – विवेकशील नेपाली दलका केन्द्रीय सदस्य शशीविक्रम कार्कीले आफ्नो अनुहारमा कालोपोतो तथा जुत्ताको माला लगाएका छन् । उनले आफूले आफूलाई प्रश्न गर्दै जुत्ताको माला लगाएको बताएका छन् । उनले समग्र नेपालीलाई पनि आफ्नो अनुहारमा कालो पोतेर जुत्ताको माला लगाउन आग्रह गरेका छन् । उनले फेसबुकमार्फत सार्वजनिक गरेको भिडियोमा भनेका छन् –हामीले यो देशमा राजतन्त्र हटायौं । किन हटायौं किनकि राजाहरु नागरिक भन्दा माथि हुन्थे । अबको समयमा कोही पनि निश्चित परिवारमा जन्मेकै आधारमा माथि र तल हुनु हुन्न ।’ उनले अगाडि भनेका छन् –लोकतन्त्र ल्यायौं ।

कानुनको नजरमा सबैको हैसियत समान हुन्छ । कानुनले सबैलाई समान व्यवहार गर्छ भनेरै लोकतन्त्र ल्यायौं ।’ कार्कीले प्रश्न उठाउँदै भनेका छन् – कानुन समान छैन । कोही व्यक्तिका लागि प्रहरी प्रशासन सक्रिय हुन्छ । अर्को व्यक्तिलाई अत्यन्तै गम्भीर आरोप लाग्छ । सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लाग्छ । महिलाले भिडियोमा सबै आफूलाई यौन शोषण भएको कुरा राख्छिन् । तर प्रहरी प्रशासन मौन बस्छ ।’ अगाडि भन्छन् –खवर चारै तिर फैलिन्छ । देशका शीर्षस्थ नेताहरुले भिडियो फुटेज हेरेर महरा त्यहाँ पुगेको निष्कर्ष निकाल्छन् । तर भोलिपल्ट महिलाले यौन दूराचार भएको छैन भनेर अभिव्यक्ति दिनुहुन्छ ।’ केन्द्रीय सदस्य कार्कीले अब यो विषय पीडित महिला र आरोपीबीचमात्रै रहन्छ र ? भन्दै प्रश्न गरेका छन् । देशमा हुने यस्ता विकृतिपूर्ण घटनाको सम्बन्ध संसद, जनमत, भोट लगायतमा हुने भन्दै यतातर्फ आफूले कुनै भूमिका खेल्न नसकेको भन्दै आफूलाई गैरजिम्मेवार ठान्दै अनुहारमा कालोपातो लगाएको बताएका छन् ।

यस्तो छ भिडियो –