ॐ , कसले बनायोे हिन्दुले पुज्ने देवीको तस्वीर ?

प्रकाशित मिति:

काठमाडौं – अधिकांशका घरमा देवी देवताका तस्वीर सामान्य मानिन्छन् । पसलमा विक्री गर्न राखिएका हुन्छन् देवी देवताका तस्वीर । क्यालेण्डरमा, इन्टरनेटमा यत्रतत्र भेटिन्छन् हिन्दु देवीका तस्वीर । तर, तपाईलाई थाहा छ यी तस्वीर कसले बनाएको हो ? हामीले देवी भनेर पुजा गर्ने महिला को हुन ? हामीले घरमा सजाएर पुजा गर्ने धरैजसो देवीका तस्वीर भारतका राजा रवी बर्माले बनाएका हुन् । राजा भनिएपनि उनको राज्य भने थिएन । राजा उनले पाएको उपाधि हो । रवी बर्मालाई राजाको उपाधि तत्कालीन वायस रायले दिएका हुन् । भारतीय चित्रकारितामा नौलो प्रयोग गर्ने रवी बर्माले नै हिन्दु देवी देवताका तस्वीर सर्वसुलभ बनाएका हुन् । उनी भन्दा अघि देवी देवताका तस्वीर थिएनन् । मन्दिरमा मुर्ति मात्रै थिए ।

राजा रवि बर्मा हुन्थेनन् भने आज हाम्रो घरमा यसरी सहजै देवी देवताको चित्र सायदै हुन्थ्यो होला । आफ्ना हजुरबावाट चित्रकारिता सिकेका वर्माले नेदरल्याण्डका चित्रकारसँग तैलिय चित्र बनाउने कला सिकेका थिए । देवी देवताको चित्र बनाएर पुण्य कमाउनुको सट्टा वर्मा विवादमा तानिए । भारतका धर्मिकस्थल र हिन्दु धर्मग्रन्थ अध्ययन गरेपछि उनले हिन्दु धर्मका वर्णन गरिएका पात्रको चित्र बनाउन सुरु गरेका हुन् । रवि बर्मा भारतका पहिलो चित्रकार हुन जसले देवी देवतालाई सामान्य मान्छेको रुपमा चित्रित गरे ।

उनी देवीका चित्र बनाउँदा प्रेमिका सुगन्धालाई अगाडि राखेर चित्र बनाउँथे । सरस्वती, लक्ष्मी, दुर्गा, राधा र कृष्ण उनले बनाएका प्रख्यात चित्र हुन । उनी विवादमा तानिनुको कारण पनि यही हो । भनिन्छ, उनले बनाएका देवीका चित्रमा सुगन्धाको अनुहार देखिन्छ । त्यसमाथि सुगन्धा त्यस समयकी नगरवधु थिइन पनि भनिन्छ । सुगन्धाको प्रेममा मग्न बर्माले बनाएका देवीका चित्र सर्वसाधारणको घर घरमा पुर्याउन प्रेस पनि खोलेका थिए । सन् १९०६ मा मृत्यु भएका बर्माको जीवनीमाथि भारतमा ‘रंगरसिया’ नामक फिल्म पनि बनेको छ । बर्मामाथि उर्वशी, रम्भा जस्त अप्साराको नग्न चित्र बनाएको आरोप पनि लागेको थियो । नग्न तस्वीर बनाएर वर्माले हिन्दु धर्मको अपमान गरेको भन्दै उनीविरुद्ध केरलाको अदालतमा मुद्धा समेत चलेको थियो । हिन्दु धर्मलाई अपवित्र बनाएको आरोप लागेपनि बर्मालाई सन् १९०४ मा भारतले केसर ए हिन्द सम्मानले सम्मानित गर्यो । यो सम्मान पाउने उनी पहिलो भारतीय कलाकार हुन् ।