महराद्वारा सरकारी सुविधा फिर्ता

प्रकाशित मिति:

काठमाडौँ –जबरजस्ती करणीको आरोप लागेपछि पद मुक्त भएका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् ।पद मुक्त भएसंगै निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता गरेको स्रोतले जनाएको छ । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षको नेतृत्वमा ११ जना प्रहरी खटाइएको थियो ।

महराले आफूले प्रयोग गर्दै आएको बा२झ १२६८ नम्बरको गाडी संसद सचिवालयको सवारी शाखालाई बुझाएका छन् ।महरामाथि संसद सचिवालयमै कार्यरत एक महिलालाई जबरजस्ती करणीको आरोप लागेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए ।