दुखद खबर,पुलबाट खसेर एक जनाको निधन

१६ आश्विन २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
17 Shares

प्रतिकात्मक तस्वीर

काठमाडौँ –काठको पुलबाट खसेर एक जनाको ज्यान गएको छ । ताप्लेजुङ्गको मैवाखोला गाउँपालिका ३ साँघुको भस्मे खोल्साको काठको पूलवाट खसेर एक जनाको ज्यान गएको हो ।

बुधबार साँझ कामबाट फर्किने क्रममा पुलबाट खसेर २९ वर्षीय सुरेन्द्र तामाङको ज्यान गएको हो । उनलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।प्रहरी घटनास्थल पुगेसंगै कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया