प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा कमलराज श्रेष्ठ चयन

प्रकाशित मिति:

प्रदेश नम्वर ५ को विशेषाधिकार समितिको सभापतिमा गुल्मीवाट निर्वाचित प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ चएन हुनुभएको छ । उहाँ नेकपाको तर्फवाट प्रतिनिधित्व गर्नुहुन्छ । सोमवार संसद सचिवालयमा बसेको विशेषाधिकार समितिको पहिलो बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो ।
जेष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षता एवं सभामुख पूर्णबहादुर घर्ती मगरको प्रमुख आतिथ्यतामा बसेको बैठकले उहाँलाई सभापतिमा चयन गरेको हो । आजै श्रेष्ठलाई सभामुख पूर्णबहादुर घर्ती मगरले पद तथा गोपनीयताको समथ ग्रहण गराउनु भएको थियो । समितिमा ११ जना प्रदेश सभा सदस्यहरुको प्रतिनिधित्व रहेको छ । समितिको सदस्यहरुमा नेकपाबाट ५ जना सदस्य रहनु भएको छ भने कांग्रेसबाट दुई जनाको प्रतिनिधित्व रहेको छ । त्यसैगरि संघिय फोरम,राजपा र राष्ट्रिय जनमोर्चाबाट एक एक सदस्य रहनु भएको छ ।  अम्मर वहादुर डांगी, तेज वहादुर वली, पार्वती पुन, वावुराम गौतम र हरि प्रसाद रिजाल रहेका छन् । त्स्तै नेपाली कांग्रेसको तर्फबाट अष्टभुजा पाठक, फकरुद्धीन खान रहनु भएको छ भने सघिय फोरमबाट सन्तोष पाण्डे रहेका छन्,त्यसैगरि राजपाबाट कल्पना पाण्डे र राष्ट्रिय जनमोर्चाबाट तारा जिसी रहेका छन् ।