स्टान्डर्ड लिइजमाथि आर्सनलकाे शानदार जित

१७ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
38 Shares


काठमाडौँ – युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ ।समूह एफ अन्तर्गतको खेलमा घरेलु मैदानमा आर्सनलले स्टान्डर्ड लिइजमाथि ४–० को जित दर्ता गरेको हो । पहिलो हाफमा तीन गोल गरेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको हो । आर्सनलको जितमा किशोर खेलाडी गाब्रिएल मार्तिनेलीले दुई गोल गरेका १८ वर्षका मार्तिनेलीले १३ र १६ मिनेटमा गरी दुई गोल गरेका हुन् । उनले तीन मिनेटको अन्तरालमा दुई गोल गरेर टिमलाई अग्रता दिलाए ।यस्तै २२ औँ मिनेटमा २० वर्षका जो विलकले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ३–० को अग्रता लियो ।

पहिलो हाफमा दुई गोल गरेका मार्तिनेलीले दोस्रो हाफमा एक गोलका लागि सहयोग गरे । डानी सेबालोसले आर्सनलबाट आफ्नो पहिलो गोल गरे ५७ औँ मिनेटमा ।लगातार दुई खेलमा जित निकालेको आर्सनल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । सोही समूह अन्तर्गतको खेलमा फ्र्यांकफर्टले भिक्टोरिया गुइमारेसलाई पराजित गरेको छ ।बिहीबार राति भएका अरु खेलमा एफसी एस्तानालाई पार्तिजान बेलग्राडीले २–१ ले पराजित गरेको छ । यस्तै रोमा र आजेड प्लेट्स तथा बोरुसिया मोनचेङ्गग्लाबाच र बासाक्सेहिरले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया