नवरात्रिका बेला भुलेर पनि नगर्नुहोस् यी काम

१७ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
19K Shares


हिन्दू नेपालीहरुको महान पर्व दर्शैको पाँचौं दिन हो ।दशैंलाई नवरात्र पनि भनिन्छ । दशैं घरमा घटस्थापनाको दिनदेखि देवीहरुको पूजा उपासना हुने गरेको छ ।आज नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरि मनाइएको छ ।१० दिनसम्म देवी दूर्गाका ९ अवतारको पूजा आराधना र उपासना गरि दशमीको दिन प्रसाद ग्रहरण गरेसँगै दशैं वा नवरात्र सकिन्छ । तर सांस्कृतिक रुपमा भने देशका कतिपय स्थानमा आफूभन्दा ठूला वा मान्यजनबाट पूर्णिमाको दिनसम्म पनि टिका थाप्ने प्रचलन रहेको छ ।नवरात्र विशेषत देवी भगवतिको शक्तिको उपासनाको पर्व हो । देवी माताहरुको पूजा उपासना र आराधनाले दुख कष्ट नाश हुने धार्मिक विश्वास रहेको छ । यो बेलामा देवी माताको पूजा आराधना गर्न केही नियमहरु रहेका छन् भने व्यक्तिले पनि नियममा रहनुपर्छ ।

यस्ता छन् नियम– नवरात्रीका दौरान उपवास गर्ने व्यक्तिले जुँगा, दोह्री, कपाल काट्नु हुँदैन ।– घरमा देवीको मूर्ति तथा कलश स्थापना गरेपछि घरलाई खाली छाड्नु हुँदैन ।– ९ दिनसम्म सात्विक भोजन मात्रै गर्नुपर्छ । उपवास गर्ने व्यक्तिले माछा, मासु, अण्डा तथा लसुन, प्याज एवम् मास र मसुराको दाल खानु हुँदैन ।– उपवास गर्ने व्यक्तिले व्रतको बेला खाने खानामा अनाज समावेश गर्नु हुँदैन । फलफूल र दूध मात्रै खानु पर्छ ।– विष्णु पुराणका अनुसार नवरात्री व्रतको समयमा दिउँसो सुत्नु हुँदैन ।– उपवासका दौरान जाँड रक्सी छुनु पनि हुँदैन ।– व्रतको दौरान सूर्तिजन्य पदार्थ, जस्तै चुरोट, खैनी, गुटखा पनि सेवन पनि गर्नु हुँदैन ।– व्रतको समयमा शारीरिक सम्बन्ध राख्नु हुँदैन ।– महिलाले मासिक धर्म महिनावारीको बेला पूजा गर्नु हुँदैन ।– महिनावारीको सात दिनसम्म पूजा गर्न बर्जित गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…