अनुहारमा चाँया–पोतो आउनुको कारण यस्तो छ

१७ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
31 Shares


हरेक ब्यक्ति आफ्नो सुन्दरता प्रति चनाखो रहने गर्दछ । शारीरिक सुन्दरतासँगै उसको ब्यक्तित्व समेत झल्किने गर्दछ, तर मानिसको शरीर तथा अनुहारमा आउने बिभिन्न रोग तथा समस्याका कारण उसको सुन्दरतासँगै ब्यक्तित्व समेत खस्किने गर्दछ त्यस्तै समस्या मध्ये एक हो, अनुहारमा चाँया–पोतो आउने रोग । यदि अनुहारमा चाँया पोतो आएको छ भने त्यसको समाधान तर्फ लाग्नुस् । तनाव नलिनुस्, तनावले चाँया पोतो झन् बढ्ने गर्दछ ।

किन आउँछ चाँयापोतो –चाँयापातो विशेषगरी अनुहारमा आउने गर्दछ ,अनुहारमा आउने चाँयापोतो विशेषगरी नाक, गाला, निधारमा आउने गर्दछ । चाँयापोतोले अनुहार नै कुरुप हुने गर्दछ ।छालामा मेलानोसाइट्स नामक कोषिका हुन्छन् जसले अनुहारमा कालो रंग बनाउने गर्दछन्। यी कोषिकाहरु सक्रिय हुदाँ अनुहारमा आउने परिवर्तनले नै चाँयापातो आउने गर्दछ । मेलानोसाइट्सको सक्रियता शरीरको अन्य भागमा भन्दा अनुहारमा धेरै हुने भएकाले अनुहारमा चाँयापोतो आउने गर्दछ ।समाधान-अनुहारमा आउने चाँयापोतो निदानका लागि वर्षदिनसम्म सन ब्लक क्रिम प्रयोग गर्दा चाँयापोतो हटेर जान्छ । यसले घामबाट अनुहार डढ्न बचाउँछ, यदि सन्स क्रिमले पनि अनुहारको चाँयापोतो नगएमा यसको उपचार गर्नुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया