उषा मार्वलले ल्यायो नयाँ प्रकारका सामाग्री सहितको अत्याधुनिक डिस्प्ले सोरुम

मणिग्राममा सोरुम सञ्चालनमा ल्याइएको सञ्चालक शोभाकान्त पाण्डेयले सबलपोस्टलाई जानकारी दिए ।

प्रकाशित मिति:

सबलपोस्ट / बुटवल – पश्चिम क्षेत्रको प्रतिष्ठित प्रतिष्ठान उषा मार्वलले नयाँ प्रकारका सामग्री सहितको अत्याधुनिक डिस्प्ले सोरुम सञ्चालनमा ल्याएको छ । विगत १६ वर्षदेखि टायल, मार्वललगायतका निर्माणजन्य सामग्रीको विक्री वितरण गर्दै आएको उक्त प्रतिष्ठानले मणिग्राममा नयाँ डिस्प्ले सेन्टर सञ्चालनमा ल्याएको हो । भारतको सबैभन्दा ठूलो र विश्वको उत्कृष्टमध्येको टायल कम्पनी कजेरीया प्राइमा प्लस नामको कम्पनीका अत्याधुनिक उत्पादनहरुको विक्री वितरण गर्नेगरि सोरुम सञ्चालनमा ल्याइएको सञ्चालक शोभाकान्त पाण्डेयले जानकारी दिए ।

विश्वप्रशिद्ध सो कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता समेत रहेको उषा मार्वल्सले तिलोत्तमा–५ मणिग्राममा सञ्चालन गरेको नयाँ आधुनिक शोरुमको बिहीबार एक कार्यक्रमका बिच प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरेका छन् । प्रतिष्ठानको १६ वर्ष प्रवेशको अवसर पारेर आयोजित समारोहको उद्घाटनमा मन्त्री गिरीले सरकारले समृद्धिका लागि निजी क्षेत्रको सहकार्यमा विशेष कार्यक्रमहरु गरिरहेको बताए । सरकार गठन भएको भर्खर दुई बर्ष मात्रै भएको स्मरण गर्दै मन्त्री गिरीले अहिले सम्म सरकार कानून निर्माणमा बढि समय खर्च गर्नु परेकोले जनताले अपेक्षा गरे जति काम गर्न नसके पनि अबको समय बिकास निर्माणमा लगाउने बताए ।

मुलुकको समृद्धिका लागि सरकारको एकल प्रयासले मात्रै नहुने भन्दै उनले सरकारले लगानिको वातावरण बनाइदिने र लगानिको सूरक्षा गरिदने हो लगानि भने निजि क्षेत्रलेनै गर्नुपर्ने आवस्यकता औल्याए । मार्वल एशोसिएसनका संयोजक समेत रहेका शोरुमका सञ्चालक शोभाकान्त पाण्डेले राज्यले व्यवसायीहरुलाई हेर्ने दृष्टिकोण गलत भएको भन्दै उद्योगि व्यवसायीमैत्री नीति नियम बनाएर कार्यान्वयनमा ल्याउन सके मात्र मुलुक समृद्ध बन्न सक्ने बताए । नियम कानूनमा रहेका कमि कमजोरीहरुको फाइदा उठाउदै प्रहरी प्रशासनले उद्योगि व्यवसायीहरुलाई दुख दिने गरेको उनको गुनासो थियो । मार्वल्स तथा टायल्स विक्रेताका रुपमा छुट्टै पहिचान बनाईसकेको उषा मार्वल्सको नयाँ शाखाबाट टायस्ल तथा मार्वल्सका ईन्टेरीयर कलेक्सनका साथै सेनेटरी वेयरहरु समेतको कारोबार हुने प्रतिष्ठानका संचालक पाण्डे बताउँछन् । उच्च प्रविधिसहितका सेरामिक्स वाल र फ्लोर टायल र सेनेटरी वेयरहरु यस शाखाले विक्री वितरण गर्नेछन् ।

प्रतिष्ठानका सदस्य गणेश भट्टराईका अनुसार यो नेपालमै यति ठूलो आयातनमा खोलिएको पहिलो शाखा हो । आफ्नै जमिन र भवनमा खुलेको नयाँ शाखामा कजेरियाको साढे एक करोडको लागत लागेको भट्टराईले बताए । सञ्चालक शोभाकान्त पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा मार्वल एशोसिएसनका महासचिव डिल्लीराम तिवारी, प्रतिष्ठानको शोरुमको डिजाइन गरेका सुनौलो घरको प्रवन्ध निर्देशक इन्जिनियर राजन पाण्डे लगायतले आ-आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन उद्घोषक, एबम लोक गायक लक्ष्मण खड्काले गरेका थिए ।