काठमाण्डौका मेयर शाक्यलाई डेंगु

प्रकाशित मिति:

काठमाण्डौ – काठमाण्डौका मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगु भएको पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँको स्वास्थ परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उहाँलाई डेंगीको संक्रमण भएको पुष्टि भएको हो ।

उहाँलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगीको संक्रमण भएको थियो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा डेंगीको संक्रमण फैलिएको छ । डेंगीका कारण यो वर्ष सात जनाको ज्यान गएको छ भने सयौँ प्रभावित छन् । एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगी लाग्छ । यो जातको लामखुट्टेले बिहान र दिउँसोको समय टोक्ने गर्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको डाक्टरले बताएका छन् ।