विपद्को पूर्वतयारी कार्ययोजना निमार्णका लागि प्रदेश न ५ प्रदेश सरकारले तयारी थाल्यो

प्रकाशित मिति:

सम्भावित बाढी, पहिरोजस्ता विपद्को पूर्वतयारी कार्ययोजना निमार्णका लागि प्रदेश न ५ प्रदेश सरकारले तयारी थालेको छ । त्यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार बुटवलमा सर्वपक्षिय सरोकारवालाहरुको सहभािगतामा विज्ञहरुको सहभागितामा गोष्ठि गरेको छ । कार्ययोजना निमार्ण गरि न्यूनतम उद्धार सामग्री तयार गरी खोज तथा उद्धारका लागि २४ घन्टा तयारी अवस्थामा रहने, राहत सामग्रीको भण्डारण गर्ने, दैवी प्रकोप राहत कोषमा न्यूनतम रकम राख्ने, सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्ने, विपद्का समयमा साझा फ्रिक्वेन्सी प्रयोग गर्ने आदि विषयमा गोष्ठमा छलफल समेत भएको छ । यस अघि केन्द्र सरकार र जिल्लामा जिल्ला दैवि प्रकोप भनेर विपतका विषयमा कार्यक्रम भएपनि परिर्वतित अवस्थामा प्रदेश सरकारले निति नियम निमार्ण देखि अन्य विषयमा छलफल थालेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री कुल वहादुर केसीले प्रदेश ५ मा विपदको पुर्व तयारीका लागि हरेक हिसावले तयार रहने बताउनु भयो । त्यसका लागि ऐन नियम देखि जिम्मेबारी सम्मका कुरामा पनि तयारी तत्काल अघि बढाउने उहांको भनाई रहेको छ । प्रदेश संरचना नया भएकोले सबै कुरा नयां हुने भन्दै त्यसका लागि सहयोग गर्न सबैलाई आग्रह पनि गर्नु भयो । सो अवसरमा मन्त्रालयका सचिव मान वहादुर विकले कानुन निमार्णको कार्य अघि बढेको भन्दै त्यसका लागि सहयोग गर्न सबैलाई आग्रह पनि गर्नु भयो ।
सो अवसरमा नेपाल प्रहरी, नेपाली सेना , शशस्त्र प्हरी तथा अन्य निकायले अहिलेसम्म गरेका कामका विषयमा जानकारी गराएका थिए । सो अवसरमा विपद विज्ञ विष्णु प्रसाद खरेल रामचन्द्र न्यौपाने लगायतले सहजिकरण गर्नु भएको थियो ।कार्यक्रममा विभिन्न गैरसरकारी संघ संस्थाहरुले सहयोग गरेको जनाईएको छ ।