एनसेलको दसैं अफरः रिचार्जमा डेटा बोनस

प्रकाशित मिति:

काठमाडौं – दसैंमा एनसेलले ग्राहकहरुले प्रत्येक एक सय रुपैयाँभन्दा माथिको रिचार्जमा डेटा बोनस प्रदान गरेको छ । एनसेल प्रालीले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको छ । यसअन्तर्गत एक सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा एक सय एमबीदेखि एक जीबीसम्म डेटा बोनस पाउनेछन् । यो योजना असोज १७ शुक्रबार बाट १५ दिनका लागि सञ्‍चालनमा रहने जनाइएको छ ।

यो योजनामा एक सय रुपैयाँ ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको एक सय एमबी डेटा पाउने छन् । दुई सय रुपैयाँको रिचार्ज गर्नेहरुले दुई दिन समयसीमा रहेको दुई सय एमबी र तीन सय रुपैयाँको रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको तीन सय एमबी डेटा पाउने छन् । त्यसैगरी पाँच सय रुपैयाँको रिचार्जमा ग्राहकले पाँच दिन भित्र प्रयोग गर्न मिल्ने पाँच सय एमबी डेटा प्राप्त गर्नेछन् भने एक हजारको रिचार्जमा १० दिन समयसीमा रहेको एक जिबी डेटा पाउने एनसेलले जनाएको छ ।