दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

प्रकाशित मिति:

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ निवासी ४५ बर्षीय जोगिलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक विवेश शाहले जानकारी दिनु भएको छ । अमर माध्यामिक विद्यालय उरहरीका कार्यालय सहयोगी चौधरीलाई उक्त विद्यालयको विद्यार्थी भर्ना सम्वन्धि सूचना दिन उरहरी चोकमा व्यानर टाँग्न गएको समयमा सोमवार विहान सवा ११ बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते चौधरीलाई राप्ती अंचल अस्पताल तुलसीपुर पु¥याए लगतै अस्पताले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । चौधरीले २०३८ सालदेखि उक्त विद्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।