बालबिबाहको आरोपमा सल्यानमा ७ जना पक्राउ

प्रकाशित मिति:

सल्यान– बालबिबाह गराएको आरोपमा सल्यानमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । शिद्धकुमाख गाउँपालिका–४ मा बालबिबाह हुँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीको टोलीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा १९–१९ बर्षका बेहुला–बेहुलीसहित बेहुलाका बुवा लोकबहादुर बोहरा, आमा माया बोहरा, बेहुलीकी बुबा रत्नबहादुर रावत, आमा कलौटी रावत र जाजरकोट कुशे गाउँपालिका ९ घर भएका पण्डित २५ वर्षीय नविन आचार्य रहेका छन् ।