आफ्नो श्रीमतीको जन्मोत्सबमा तुलाचनद्वारा दुई बालबालिकाको अभिभाकत्व ग्रहण

प्रकाशित मिति:

कञ्चन- बिपि बिचार राष्ट्रिय समाज,रुपन्देहीका जिल्ला सदस्य चित्र तुलाचनले बिपन्न तथा गरिब दुई जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गर्नु भएको छ।आफ्नो जीवन संगिनीको २४ औं जन्मोत्सबको शुभ अवसरमा जनज्योती आधारभुत बिधालय,कञ्चन १,गजेडी दानापुरमा अध्ययनरत दुई बालबालिकाहरुको बिधालय शुल्क र शैक्षिक सामग्री प्रदान गरि शैक्षिक सत्र २०७६ का लागि अभिभावकत्व ग्रहण गर्नु भएको हो। कञ्चन जेसिसका ड्रग अवारनेस संयोज समेत रहेका तुलाचनले श्री जनज्योती आधारभूत बिधायलय कन्चन १ दानापुरमा कक्षा ८ मा अध्ययनरत कुश्मा सिंजाली र कक्षा ४ मा अध्ययनरत सुरज लोधलाई आफनो जीवन संगिनी समुन्द्र तुलाचनको जन्मोत्सबको अवसरमा बिधालय शुल्क र विभिन्न शैक्षिक सामग्री उपलब्ध गराइ अभिभावकत्व ग्रहण गरि शैक्षिक सत्र २०७६ का लागि ती बिधार्थीहरुको अध्ययन लागि सम्पुर्ण जिम्मेवारी समेत ग्रहण गर्नु भएको हो।

बिधार्थीको अभिभावकत्व ग्रहण गर्दै बिपि बिचार राष्ट्रिय समाज,रुपन्देहीका जिल्ला सदस्य चित्र तुलाचनले जन्मोत्सबमा केक काटेर अनि भोज खुवाएर भन्दा केक र भोजमा हुने खर्चलाई आर्थिक रुपमा कमजोर अभिभावकका बिधार्थीहरुको पढाइमा सहयोग पुग्नेगरी सहयोग गर्नु सबैभन्दा उपयुर्क्त अवसर हुने भएकोले आफुले आफ्नो जीवन संगिनीको जन्मोत्सबमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भै अभिभाक गुमाएका कुश्मा सिंजाली र बुवाको मृत्यु भएका सुरज लोधको अभिभावकत्व ग्रहण गरि उनिहरुको शैक्षिक बिकासमा सहयोग गरेको बताउनु भएकोछ।

समुन्द्र तुलाचनको २४ औं जन्मोत्सबमा शुभकामना ब्यक्त गर्दै कञ्चन जेसिस बर्ष २०१९ का अध्यक्ष चुडामणी पौडेलले शुभ दिनमा शुभ कार्य गर्नु आफैमा मानव धर्म हो।आज चित्र तुलाचनले आफ्नो जीवन संगिनीको जन्मोत्सबलाई स्मरणीय बनाउन असाहय र कम्जोर आर्थिक अभाव भएका अभिभावक बिहिन बिधार्थीहरुको शैक्षिक बिकासको लागि शैक्षिक रुपमा अभिभावकत्व ग्रहण गर्नु भएकोमा बधाई सहित धन्यबाद ब्यक्त गर्नु भएको थियो।बिधालय ब्यबस्थापन समितिका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षता र शिक्षक तिलकराम लोधको संचालनमा कार्यक्रम सम्पन भएको हो।