सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठान, रुपन्देहीको प्रथम बैठक सम्पन्न

१७ आश्विन २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
23 Shares


रुपन्देही-सहिद दुर्गा बसन्त स्मृति प्रतिष्ठान, रुपन्देहीको बिधिबत दर्ता प्रक्रियापछिको प्रथम बैठक आज बसेको छ  बैठकले पुस ४ देखि २१ सम्म दुर्गा बसन्त स्मृति द्धिसप्ताहको रुपमा मनाउने निर्णय गर्ने निर्णय गरेको छ । पुस ४ दुर्गातिवारी स्मृति दिवस र पुस २१ बसन्तपौडेल स्मृति दिवस को विचमा खेलकुद र रचनात्मक क्रियाकपाहरु सञ्चालन गर्न पनि प्रतिष्ठानले अपिल गरेको छ । सोही अवधिमा विमोचन गर्ने गरी दुर्गा बसन्त स्मृति ग्रन्थ प्रकाशन गर्ने, एक बृतचित्र निर्माण गर्ने योजना अघि सारेको छ ।

विभिन्न ५ जना युवाहरुलाई कार्यसमितीमा मनोनित गरेको छ । जसमा गणेश डुम्रे, चन्द्रकान्त खरेल ध्रुव, सुरजतिवारी, दीपक पाण्डे र सुमनथापा रहनु भएको छ ।वैठकले दिपक चापागाईको संयोजकत्वमा खेलकुद विभाग र गणेश डुम्रेको संयोजकत्वमा प्रकाशन विभाग बनाउने पनि निर्णय गरेको छ ।प्रतिष्ठानका अध्यक्ष सिद्धिचरण भटराईको अध्यक्षता र सचिव पिताम्बर खरेलको सञ्चालनमा सम्पन्न बैठकले देखि सदस्यता विस्तार र कार्यलय व्यवस्थापन लगायतका महत्वपूर्ण निर्णय गर्दै व्यवस्थित रुपमा अघि बढाउने निर्णय गरेको छ ।आगामी बैठक बिस्तारित रुपमा दशैपछि बस्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया