पेस्तोलसहित जनकपुरमा एक जना पक्राउ

प्रकाशित मिति:

धनुषा– प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उप-मानगरपालिकाबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जना पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्ने महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ९ बस्ने आनन्द पाठक रहेका छन् । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको संयुक्त गस्ती टोलीले पाठकलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका पाठकविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।