केन्यामा सवारी दुर्घटना हुँदा १२ जनाको ज्यान गयो

प्रकाशित मिति:

एजेन्सी । केन्याको पश्चिमी क्षेत्रस्थित किसुमु शहरमा सवारी साधन दुर्घटना हुँदा १२ जना यात्रुको ज्यान गएको छ ।बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा १२ यात्रुको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा दर्जन बढी घाइते भएका छन् । किसुमुका प्रहरी कमाण्डर बेनसन मावेयुले बस साइयाबाट नैरोबीका लागि छुटेको थियो ।

किरिचो राजमार्गमा बसले ट्रकलाई उछिनेर अघि बढ्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ५१ जना यात्रु रहेका थिए ।दुर्घटनामा बस र ट्रकका सवारी चालक दुबै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।