मुर्गा शब्दले फिल्म निर्माताहरु लाई मुटुमा बाण हानेको जस्तो लाग्छ: सुदन गौतम

प्रकाशित मिति:

-सुदन गौतम (सीड) पछिल्लो समयमा बिभिन्न लघु चलचित्र, ठुला चलचित्रहरुमा कथाकार को रुपमा काम गरिरहेका छन ।फ्रड, तुवालो सागर, धुम्ली (ठुलो चलचित्र) ,लत एक एडिक,फ्रेन्डसिप लभ लगायात् अरु लघु फिल्म फिल्ममा स्क्रिप्ट लेखनमा काम गरिसकेका छन । उनि एक राम्रो सम्भावना बोकेको कथाकारको रुपमा लिन सकिन्छ । प्रस्तुत छ सबलपोस्ट अँनलाईनको लागि गरिएको अन्तरबार्ता सहकर्मी सुदिप गौतम ले गरेको कुराकानी

१ सिड जी पछिल्लो समयमा चलचित्रको कथा लेखनमा व्यस्त हुनुहुन्छ नि ?

-त्यति ब्यस्त नि छैन अलि अलि ब्यस्त छु भन्नू पर्यो ।

२ अहिलेको नेपाली चलचित्र लाई यहाले कसरि लिनुहुन्छ कस्तो छ अवस्था?

-अहिले चलचित्र लाई मैले हेर्नू पर्दा यस्को अवस्था एकदम खस्किदै गएको छ नेपालीहरुले नेपालि फिल्म हेर्न त्यति गएको पाएको छैन जति ज्ञण् दसक पहिले को थ्यो भनुम न । नेपाली हरु ले बिदेसी फिल्म हेर्ने गर्छ्न तर आफ्नै मौलिक कथा मा बनेको नेपाली चलचित्र लाई हेर्न गएको देख्दिन त्यसैले अहिले को अवमुर्गा शब्दले फिल्म बनाउने निर्माता हरु लाई मुटुमा बाण हानेको जस्तो लाग्छ:सुदन गौतम स्था हेर्दा बर्ष मा एक दुई वटा फिल्म ले राम्रो कमाइ गरेता पनि खासै राम्रो सङ अघि बडेको देखेको छैन

३ परिवारमा को को हुनुहुन्छ?

-बाबा आमा दाइ भाउजु भतिझी मेरो श्रीमती छोरी अनि म गरेर हामी परिवार मा ८ जना छौ ।

४ चलचित्र बनाउन भन्दा चलाउन निकै गाह्रो छ नि ?

-ठिक भन्नू भयो तपाइले बनाउन भन्दा चलाउन गार्हो छ भनेर किन कि हाम्रो मा के छ भने देखि बिदेशी फिल्म लाई अगाडि राखिन्छ सेन्सर पास नि बिदेसी फिल्म कै पहिला हुन्छ जति खेर मन लाग्यो त्यति खेर हुन्छ बिदेशी फिल्म को सेन्सर पास । तर नेपालि फिल्म को सेन्सर पास चाहि हुदैन अनि अर्को कुरा फिल्म डिस्टिब्युटर ले नि फिल्म चलाउन नखोज्नु हेप्नु कलाकार नै छैन यो भएन त्यो भएन भन्नू अनि कहाँ बाट फिल्म चल्नु फिल्म चल्न गार्हो हुन्छ ।

५ तपाई चलचित्रको कथा लेख्ने मान्छे तपाईका कथामा दर्शकले के पाउछन त्?

-मेरो कथा मा दर्सकहरुले सबै चिज पाउनुहुन्छ जुन यथार्थपारक दर्सक को जिवनमा घटेका घटना लाई पाउनुहुन्छ ।

६ यो क्षेत्र नै रोज्नुको मुख्य कारण के हो?

-मेरो सानै देखि को सपना थियो कि यो लाइन मा केही गरु यो लाइन लाई केही फरक तरिकाले अघि बढाउ भन्ने ।

७ फिल्मी क्षेत्रमा सुरुवाती दिनलाई सम्झिनु पर्दा कसरि सम्झनुहुन्छ?

मेरो सुरुवाती दिनलाइ सम्झनु पर्दा मैले मेरो बाबा आमालाई सम्झन्छु अनि मेरो यो फिल्म लाइन को गुरु मेरो राज तिम्ल्सिना दाइले मलाई अभिनय सिकाउनु भएको अनि दिपक परियार दाइ लाई सम्झन्छु उहाले नै मलाइ तुवालो फिल्म मा पट्कथा सम्बाद को लागि मलाइ मौका दिनु भयो । उहाहरुले मलाइ साथ नदिएको भए सायद अहिले म यो लाइनमा सकृय हुदैन थिए कि जस्तो लाग्छ ।

८ आज भोलि प्राबिधिक क्षेत्रमा फिल्म कर्मीले धेरै लगानी गर्दछन थोरै चलचित्र मात्र सफल हुन्छन तर कथाबस्तुमा किन ध्यान पुग्न नसकेको होला?

कथाबस्तु त छदै छ दर्सकहरु ले नि नेपाली फिल्म लाई साथ नदिएर बिदेसी फिल्म लाई साथ दिएर नि भएको हो जस्तो लाग्छ राम्रो कथा सत्य कथामा फिल्म गर्दा नि फिल्म चल्न सकेको छैन अहिले के छ भने देखि कथा जस्तो सुकै होस तर गित चल्नु पर्यो र ट्रेलर राम्रो हुनु पर्यो फिल्म हिट हुन्छ । त्यसैले कथा राम्रो भएर मात्र फिल्म चल्ने हिट हुने होइन सबै चिज राम्रो हुनुपर्यो जुन फिल्म बनाउदा फिल्म लाई आवस्यक पर्ने चिज दिइन्छ ।

९ फिल्म क्षेत्रमा मुर्गा फसाउने भन्ने शब्द निकै लोकप्रिय मानिन्छ नि फिल्मकर्मी माझ यसलाई कसरि लिनुहुन्छ?

यो मुर्गा फसाउने शब्द प्रयोग आको त मैले सुनेको छु तर यो शब्द ले फिल्म बनाउने निर्माता हरु लाई मुटुमा बाण हानेको जस्तो लाग्छ तर यो शब्द प्रयोग गर्नु राम्रो होइन जस्तो लाग्छ ।

१०तपाईले लेखेको लघु चलचित्र लत एक एडिक ले राम्रो प्रतिक्रिया पाएको छ नि?

लत एक एडिक अहिले को टिनेज केटाकेटी हरु लाई समेटेर बनाएको शर्ट मुभी हो कसरी केटाकेटी हरु ले आफ्नो जीवन ड्रग्स मा बर्बाद पार्छ्न भन्ने देखाउन खोजेको छु जो अभिभाबक र अहिले का टिनेज साथिभाइ बहिनी हरुले मन पराइदिनु भएको छ र राम्रो प्रतिक्रिया दिनुभएको छ त्यस्को लागि मैले दर्सक हरु लाई धन्यबाद दिन चाहन्छु ।

११एउटा चलचित्र सफल हुन् कथाको कस्तो महत्व हुन्छ?

एउटा फिल्म सफल हुन कथा को महत्त्व छ तर मैले अघिनै भनिसकेको छु कि कथा राम्रो भएर मात्र हुदैन त्यस्लाइ कसरी हुन्छ राम्रो मेकिङ गर्नुपर्यो । भुइमान्छे फिल्म को कथा हेर्नुस राम्रो छ तर खासै चलेन दर्सक को साथ पाएन त्य्सैमा गितसङित हिट भैदिएको भए ।

१२ अबको प्रस्तुति के के हुनेछ?

अबको प्रस्तुती भन्नुपर्दा स्कृप्ट को काम भैरहेको छ । धुम्लीको फिल्म को शुटिङ चाहि दसै पछि गर्ने भनिएको छ ।

१३ तपाइले अहिले सम्म कति जति फिल्म लेख्नु भयो ?
मैले अहिले सम्म फ्रड, तुवाँलो मेरो पहिलो चलचित्र हो जस्मा मैले पट्कथा सम्बाद गरेको छु भने सागर धुम्ली गरेर वटा जति गरेको छु ।
ज्ञद्ध र अन्त्यमा के भन्न चाहानुहुन्छरुर अन्त्यमा दर्सकरुलाइ के भन्न चाहन्छु भने नेपाली फिल्म लाई नि तपाइहरुको साथ र माया को आवश्यक छ जति बिदेसी फिल्म लाई साथ र माया दिनुभाछ त्यसरी नै हामि हाम्रो नेपाली फिल्म लाई नै गरुम भन्न चाहन्छु जय नेपाल जय सिनेमा जय।

१४ धेरै नायक नायिकाहरुले आफ्नो बास्तबिक नाम लुकाएर कलाकारिताको नाम मात्र सार्बजनिक गर्नुहुन्छ जस्तै बिराज भट्ट, आर्यन सिग्देल लगायत अन्यले नाम फेरेको देखेका छौ तपाईको पनि त्यस्तै हो कि के कसो हो ?

खास भन्नू पर्दा मेरो वास्तविक नाम सुदन गौतम हो यो सिड गौतम चै मैले मेरो साथिहरुले राखिदिएको नाम सिदान्त बाट मैले सिड मात्र राखेको हो ।

१५ र अन्त्यमा के भन्न चाहानुहुन्छ?

र अन्त्यमा दर्सकरुलाइ के भन्न चाहन्छु भने नेपाली फिल्म लाई नि तपाइहरुको साथ र माया को आवश्यक छ जति बिदेसी फिल्म लाई साथ र माया दिनुभाछ त्यसरी नै हामि हाम्रो नेपाली फिल्म लाई नै गरुम भन्न चाहन्छु जय नेपाल जय सिनेमा जय संगै हजुरको मिडिया मार्फत मेरो कुरा राख्न अवसर दिनुभयो हजुरहरुलाई नि धन्यबाद ।