होटल एभीन्युमा तीज महोत्सव हुने

११ भाद्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया


बुटवलको गोलपार्कमा रहेको सुविधा सम्पन्न होटल एभी न्यूले दर्शकको मागलाई ध्यानमा राखेर लाइभ तीज महोत्सव गर्ने भएको होटलका सञ्चालक भीमलाल न्यौपानेले बताए ।
उनका अनुसार नेपाली महिलाहरुको विशेष चाडका रुपमा लिइने तीजको सांस्कृतिक एवम् धार्मिक महत्वलाई संरक्षण र सम्वद्र्धनका लागि सो तीज महोत्सव गर्न लागिएको हो ।
तीज महोत्सव भदौ महिनाको १६,२०,२३ र २६ गते गरी चार दिन धुमधामका साथ देशका चर्चित लोक तथा दोहोरी कलाकारका साथै हाँस्यकलाकारहरुको बेजोड प्रस्तुति रहने तीज महोत्सवका संयोजक दामोदर बस्यालले बताए ।
सो तीज महोत्सव मध्यान्हको १२ वजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा चर्चित कलाकारहरु बद्री पंगेनी,पशुपति शर्मा,जमुना राना,रितु थापा,दीपक गरौंजा मगर,दीपु मगर,सपना गाहा,शिलु भट्टराई,अुनराधा घर्ति,प्रिया भण्डारी,खेम सेञ्चुरी,प्रचण्ड बहादुर जीसी, लक्ष्मण खड्का,सीता रानाका साथ हाँस्य कलाकारहरु पुर्खे बा,बान्द्रे र तीखेको समेत विशेष प्रस्तुति रहने छ ।
तीज महोत्सवको मुख्य आयोजकको रुपमा होटल एभी न्यू र अफिसियल मिडियाको रुपमा श्रीनगर अनलाईन मिडिया रहेको छ । सो महोत्सव हेर्न र सुन्नका निम्ति दर्शक÷स्रोताले टिकट लिनु पर्ने छ । टिकट होटलको काउण्टरमा पाइने ब्यवस्था मिलाईएको होटल सञ्चालक न्यौपानेले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया