संवैधानिक हकको ग्यारेन्टि गर्न युनियनको माग

प्रकाशित मिति:

शान्ति तिवारी/नवलपरासी– नेपाल प्रेस युनियन नवलपरासी शाखाले पत्रकार अजयबाबु शिवाकोटीलाई समाचार लेखेकै आधारमा आएको धम्कीप्रति गम्भीर आपत्ती जनाएको छ । युनियनका नवलपरासीका सचिव प्रकाश न्यौपानेद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा तत्कालिन सभामुख कृष्णबहादुर महराले संघीय संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको समाचार प्रकाशित गरेको विषयलाई लिएर हाम्रा कुरा डटकमका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटिलाई आएको सुरक्षा थ्रेट प्रति नेपाल प्रेस युनियन नवलपरासीको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।

विज्ञप्तीमा नेपालको वर्तमान संविधान २०७२ ले प्रत्येक नागरिकलाई सुचनाको हक, सम्मान पुर्वक बाच्न पाउने हक, स्वतन्त्रताको हक प्रदान गरेको र जसको प्रयोग गरि पत्रकारले सरकार र जनता बिच समन्वयकारी भुमिका निर्वाह गर्दै समाचारहरु प्रकासित एवं प्रसारित गरि जनतालाई सु–सुचित गर्दछ । सु–सुचित गर्ने क्रममा प्रकासित समाचारलाई लिएर गुनासो असहमति भए त्यसउपर वैधानिक बाटो हुदा हुदै सुरक्षा चुनौति थपिइ असुरक्षित महसुस गरेको घटना प्रति ध्यान आकर्षण गर्दै विज्ञप्ती जारी गरिएको छ ।जनतालाई सु–सुचित गराउदा नेपाली जनताको सुचनाको हक, सम्मानपुर्वक बाच्न पाउने हक, सञ्चारको हकमाथि प्रश्न चिन्ह खडा भएका कारण पे्रस स्वतन्त्रता विरोधि यस कार्य प्रति नेपाल प्रेस युनियन नवलपरासी घोर निन्दा गर्दै यस विषयमा तत्काल छानविन गरी कानुनि कारबाहि गर्न एवं महासचिव सिवाकोटिको सम्मान पुर्वक बाच्न पाउने संवैधानिक हकको ग्यारेन्टि गर्न नेपाल प्रेस युनियन नवलपरासी शाखाले सरकार समक्ष जोडदार माग गरेको छ ।