डुंगा दुर्घटनामा मृत्यु भएका परिवारलाई सहयोग

प्रकाशित मिति:

भदौ ११ / शुक्रबार साँझ रौतहटको गौर नगरपालिका, टिकुलियास्थित बकैया नदीमा डुंगा दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले रु। २ लाख सहयोग गर्ने भएको छ ।

घटनास्थलको निरीक्षण र मृतकका परिवारलाई भेटेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारका तर्फबाट मृतकका प्रत्येक परिवारलाई रु २ लाख र किरिया खर्च रु २५ हजार उपलब्ध गराउने घोषणा गरेका हुन् । यसै गरी दुर्घटनाका घाइतेले उपचार खर्च वापत रु। २५ हजार पाउने भएका छन् । त्यस्तै गौर नगरपालिकाले पनि मृतकका रु एक लाख सहयोग उपलब्ध गराउने भएको छ भने किरिया खर्चवापत थप रु। १५ हजार पनि दिने घोषणा गरेको छ ।

दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने एकजना अझै वेपत्ता छन् ।