दशै मेला: भलिवल प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

जीवन परियार/सैनामैना स्थित नमुना युथ क्लबद्वारा आयोजित खुल्ला भलिवल प्रतियोगिता सम्पन्न भएको छ।दशै मेलाको अवसर पारेर आयोजना गरिएको खेलमा मुर्गियाञएझले प्रथम उपाधि हासिल पारेको छ।भने क्रमशस् दृितिय मुर्गियाञबिझ तृतिय आयोजक टिम नमुना युथ क्लब सैनामैना रहेको छ।भने सगरमाथा युथ क्लब शंकरपुर सान्त्वना स्थानमै चित्त बुझाएको छ।मुर्गियाञएझ र मुर्गियाञबिझ बिच प्रथम स्थानका लागि भएको खेलमा पाँच सेट मध्य तीन सेटमा जित हासिल गरि मुर्गियाञएझ प्रथम स्थान ओगट्न सफल भएको हो।

टिमका लागि कप्तान सागर सिंहले निकै उत्कृष्ट खेल प्रदर्शन गरेका हुन्।आफ्नो खातामा एक सेट मात्र हात पार्दै मुर्गियाञबिझ दृितिय स्थानमा रहन सफल भयो।प्रथम हुने टिमलाई नगद रु।पन्ध्र हजार पाँच सय पच्पन्न,दित्तिय हुनेलाई दस हजार पाँच सय पच्पन्न तृतीय पाँच हजार पाँच सय पच्पन्न र सान्त्वना प्राप्त गर्ने टिमलाई नगद रु।तीन हजार पाँच सय पच्पन्न साथै अन्य थुप्रै मायाको चिनोहरु सहित मेला समापन कार्यक्रममा सम्मान गरिने क्लबका अध्यक्ष महेश अधिकारीले जानकारी गराए। सुमन पौडेलको उद्घोषण र सुमन भुर्तेलको संयोजनमा सो कार्यक्रम सम्पन्न भएको हो।