गैडहवा गाउपालिका गाउँ समाजको आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

गैडहवा-गैडहवा गाउपालिका वार्ड न।२ ननौलीमा स्थानिय गाउँ समाजको आयोजनामा बिजया दशमी,दिपावली,छठको शुभअवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकोछ।रुपन्देही जिल्ला क्षेत्र नं।५ प्रदेश ख का सांसद श्री फकरुद्दिन खाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शिक्षक सेवामा प्रबेश गर्नु भएका कमलेश चौबेलाई सम्मान समेत गरिएको थियो।कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सांसद खांले जसरी बिभन्न चार्डपर्बहरु उत्सबका साथ मनाइन्छ त्यसरी नै बिजया दशमी,दिपावली र छठ पर्बले हरेक नागरिकमा सत्चिन्तनको बिकास गरि भातृत्व कायम गर्न सकोस।सुख र समृद्धि त सोचको उच्चतम बिकासबाट हुने भएकोले सबैमा सकारात्मक सोंचको बिकास होस भन्ने कामना गर्नु भएको थियो।

यसैगरी विशिष्ट अतिथि तथा राष्ट्रिय जनता पार्टीका जिल्ला पर्बक्ता मोहम्मद ईस्लामले चार्ड पर्व भड्किलो तरिकाले नभै सबैमा भातृत्वको बिकास गर्ने गरि मनाउनु पर्ने र यस बडा दसै,दीपावली र छठ पर्बले सुख शान्ती र समृद्धी मिलोस भन्दै हरेक नागरिकमा देशभक्तीपुर्ण सोचको बिकास हुनेमा बिश्वास ब्यक्त गर्नु भएकोछ।शिक्षक सूर्य नारायण धबलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गैडहवा गाउपालिका वार्ड नं।१ वडा अध्यक्ष प्रदिप कुमार चौधरी,वार्ड नं।२ अध्यक्ष तुल बहादुर पुन,शसस्त्र प्रहरी बल लोण्डिहवाका प्रमुख तेजराज शर्मा,हरैया बहुमुखी क्याम्पसका प्राध्यापक हरिशचन्द्र कहांर,वडा सदस्य निसार मुसलमान,लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको कार्यक्रममा शिक्षक सेवा आयोगको परिक्षामा अर्घाखाँची देखि प्रा। बि तहमा नाम निकाल्न सफल कमलेश चौबेलाई सम्मान गरिएको थियो।चन्द्रकुमार दसौधीको स्वागत तथा अबरान अलिको संचालनमा कार्यक्रम सम्पन्न भएको हो।