मैले बुझेका बलत्कारी

प्रकाशित मिति:

लव कुश पन्थी

मेरो उमेर मात्र १६ वर्ष, त्यसैले यो बिषयमा लेख्न मेरा औलाहरु कापिरहेका छन् । यो लेख पढे पछि मेरा शिक्षकले मलाइ के भन्लान, मेरो परिवारले मलाइ के भन्ला भन्ने सोचबाट धेरै माथि उठेर ूबलात्कारको मुख्य जड समाज्नै होू भनेको छु । सायेद, मेरो यो भनाइ सबैलाई मन नपर्न पनि सक्छ, तर के गरु मनमा उठेका भावना र तर्कलाई किताबका पानामा उतार्न सकिन भने मलाई निन्द्रा नै नआउने मेरो स्वभाब हो सोच्दा नि निकै बिरक्त लागेर आउछ, मन खिन्न हुन्छ जब हप्ते पिछे फेसबुकका भित्तामा बलत्कारका घट्ना देख्ने गर्छु, कतै छ महिने बालिकाको बलात्कार रे  कतै बाउ द्वारा छोरि बलत्कार रु सायेद जनावर पनि येति निर्दै हुदैनन् जस्तो लाग्छ।

म पनि त एउटा बालकनै हु बिस्तारै आफ्नो समाजलाई निहालने प्रयास गर्दै छु, बुझ्दै छु मान्छे कति सम्म पनि गिर्न सक्छ । बदलिदो यो समाजलाई मैले केहि गर्न त सक्दिन तर आफ्नो लेखबाट मनका भावनालाई वोकलेरा केहि सम्म भएपनि कसैलाई ज्ञान बाढ्न सक्छु भन्ने मलाई लाग्छ ।हुनत मलाइ आजकाल यो समाजमा बस्ने हरकोही दोसी लाग्ने गर्छ, धेरै जना चेतना कार्यक्रमा देख्छु तर कतै देख्दिन मानिसहरु यस बिषयमा खुलेर आवाज उठाउन सकेको, यौन हिँसा बढ्नुको मुल कारणहरु थुप्रै छन हामि यस बिषयलाई निहाल्न नसकेर मात्र सधै बलात्कारीलाई मात्र दोसी ठहराउने गर्छौ । जुन मलाइ एकदमै गलत लाग्छ, तर गलत लागेर के गर्नु रु यहाँ त यस्ता बिषय उठाउनुलाई नै लाज नभएको भन्ने आरोप लगाइन्छ । बोलेको दिगो निब्दा सधै दोस हावाको मात्र नि हुदैन, तेलको कमि भएर पनि हुन सक्छ । हो त्यो तेल जस्तै अहिले हाम्रो समाज भएको छ । जसको सोचमा निकै कमि छ, उसका बिचारहरु तुच्छा छन त कसरि हाम्रा चेली बेटी यो खुला हावामा बलि रहन सक्छन ।

सानो कुरालाई बढाइचढाइ अनावश्यक कुरा लेखेर काण्ड बनाउने त्यसता खाल्का पत्रकार बलात्कारी हुन्न, यौन शिक्षाबारे पढाउन हिचकिचाउँदै अर्को पाठ सुरु गराउने शिक्षक बलात्कारी हुन्न, घटना घटेको वर्षौ सम्म पनि दोषी पत्ता लगाउन नसक्ने कानुन बलात्कारी हो, आफ्ना बालबालिकालाई खुलेर यस्ता जटिल यौन दुर्व्यवहार जस्तो विषयमा बोल्न लजाउने अभिभावक पनि बलत्कारी हुन्न, भन्ने मलाइ लाग्छ यदि मेरो भनाइले कसैलाई चित्त बुजेना भने म माफी चाहान्छु तर सत्येता भनेको यही नै हो ।जब सम्म तपाइले आफ्नो सोच बदलेर यस्ता बिषय खुलेर समाज अगाडि ल्याउन सक्नुहुन्न , कोहि बालबालिकालाइ यश बारे आफुले जाने बुझे सम्मका कुरा ज्ञान बाँड्न सक्नुहुन्न तबसम्म हजुर पनि एउटा दोसी हो, जसले थाहा नपाइने गरि यस कुरालाइ प्रोत्सहान गरिरहेको छ ।सोच बदलौ मित्रहरु, देश त आफै बदलिने छ १ फोहोर फाल्नेलाई नभई, फोहोर टिपेर वातावरण सफा राख्नेलाइ हामी कवाडी भन्ने हाम्रो समाजले सायद मेरो भाव नबुझ्न पनि पायो तर धेरैले मेरो सोच र बिचार मन पराइदिनु हुनेछ भन्ने आसा राख्छु ।