बलात्कार घटनाका पीडित परिवारलाई ५/ ५ लाख राहात

११ भाद्र २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
6 Shares


कैलाली। कैलाली र कन्चनपुरमा भएका बलात्कारका घटनाका पीडित परिवारलाई सात नम्बर प्रदेशले ५/५ लाख रुपैया राहत दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले क्षतीपुर्ती दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रीको प्रस्तावमा बैठकले २०७५ श्रावण १० गते वलात्कार पछि हत्या गरिएकी भिमदत्त नगरपालिका वडा नं २ वस्ने १३ वर्षिया वालिका निर्मला पन्तको परिवारलाई ५ लाख दिने भएको छ ।

पन्त हत्या प्रकरणमा भएको आन्दोलनका मृत्यु भएका भिमदत्त नगरपालिका वडा नं १८ वस्ने १४ वर्षिय सन्नी खुनाको परिवारलाई पनि प्रदेश सरकारले रु ५ लाख दिने निर्णय गरेको छ।

यस्तै २०७५ असाढ १२ गते गैरीगंगा नगरपालिका वडा नं ११ कि २१ वर्षिया माया विकको परिवारलाई पनि ५ लाख रुपयाँ दिने निर्णय गरेको छ।

हत्यामा संगलग्नलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनको परिवारलाई क्षतिपुर्ती नदिएको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको थियो । उनको पनि वलात्कार पछि हत्या गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस