पदोन्नति भएका सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान

प्रकाशित मिति:

काठमाडौं- उपरथीमा पदोन्नति भएका दुई सैनिक अधिकारीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।मन्त्रिपरिषद्को असोज १७ को निर्णयानुसार उपरथीमा पदोन्नति भएका निरीक्षण अधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतनाका सहायक रथी गोकुल भण्डारीलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

साथै नेपाली सेनाले पदोन्नति भएका उपरथी सिग्देललाई निरीक्षण अधिकृतको कार्यालयमा निरीक्षण अधिकृत र भण्डारीलाई पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।खबरहब