टी–२० सिरिजः नेपालले भोलि हङकङको सामना गर्ने

१८ आश्विन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
31 Shares


काठमाडौं– ओमानमा जारी टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले भोलि आइतबार हङकङविरुद्ध पहिलो खेल खेल्दैछ ।अल अम्रेट क्रिकेट मैदानमा नेपालले हङकङको सामना गर्दै सिरिजको सुरुवात गर्न लागेको हो ।सुखद सुरुवात गर्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रिने छ भने हङकङ पनि पहिलो जितको खोजीमा हुनेछ ।

पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा हुनेछ । तर नेपालविरुद्धको खेलमा हङकङ केहि दबाबमा हुनेछ ।हङकङपछि नेपालले सोमबार नेदरल्याण्डसँग खेल्नेछ ।ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया