मोफसल प्रचारमा बादशाह जुट

प्रकाशित मिति:

काठमाडौँ –अहिले नेपालका गाउँ शहरसम्म सबैलाई दशैँको चटारो छ । तर, कार्तिक १५ देखि प्रदर्शनमा आउने सिनेमा ुबादशाह जुटु भने प्रचारमा जुटेको छ ।यतिबेला फिल्मको टीम मोफसल टुरमा छ । टुरमा निर्देशक जोनी सिंह राणा, अभिनेता सुशील श्रेष्ठ, अभिनेत्रीद्वय केइशा रावत, रश्मी पाण्डे र निर्माता हर्क बहादुर कुँवर यस टुरमा सहभागी भएका छन् । हेटौडा हुँदै चितवन पुगेको टिमले त्यहाँ फिल्म सम्वन्धि जानकारी दिएको छ ।चितवन प्रेसमिटमा यसै फिल्मबाट निर्देशनमा डेब्यु गरेका जोनी सिंहले पहिलो खुड्किलोमा आफुले शतप्रतिशत लागि परेर काम गरेको बताए । सिनेमामा देशमा केहि गर्न खोज्ने प्रहरी र पत्रकार युवाको कथा प्रस्तुत गएका छौँ । कहिँ९कतै आतंकवादी आक्रमणको कथा लागे पनि त्यो मूल कथामा पर्दैन ।

यस्तै अभिनेता श्रेष्ठले फिल्ममा आफ्नो च्यालेञ्जिङ भूमिका रहेको बताए । अघिल्ला सिनेमा भन्दा फरक र बलियो भूमिका भएकाले बादशाह जुटुको लागि कडा मेहनत गरेको दावी गरे यो फिल्ममा सुशीलले एक पत्रकारको भूमिका निर्वाह गरेका छन् ।मुम्बईमा बस्दै गर्दा नेपाली सिनेमामा डेब्यु गरेकी केइशाले ुबादशाह जुटुको स्क्रिप्टले नेपालसम्म तान्न सफल भएको बताइन । भने, अर्की अभिनेत्री रश्मीले आफ्नो भूमिका दमदार भएपनि त्यसबारे खासै बताउन चाहिनन् । प्रहरीको भूमिकामा देखिएकी रश्मिले आफु कथाको ट्वीस्ट भएको बताइन ।

शुक्रबार साँझ सिनेमा युनिटले नारायणी नदि किनारमा कन्सर्ट पनि आयोजना गरेको थियो । दार्जिलिङको चर्चित तथा लेजेन्ड्री ब्याण्ड मन्त्र ब्याण्डुसँगको सहकार्यमा उक्त कन्सर्ट समापन गरिएको थियो ।सिनेमामा रोविन तामाङ, रोशी खड्का, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा देख्न सकिन्छ । अभिषेक शशी कुमारको लेखनमा निर्मित सिनेमामा उत्तम हुमागाईंको छायाँकन, राजकुमार उप्रेतीको एक्सन, दिर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत छ ।एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित सिनेमामा हर्क बहादुर कुँवर पिटर र भोजराज श्रेष्ठ मिक्कीले लगानी गरेका छन् ।