लुम्पेक पहिरो पिडितहरुमा समर्पित मैत्रीपूर्ण खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता सम्पन्न

१८ आश्विन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
21 Shares


कौरव खत्री -गुल्मी /गुल्मीमा वडा दशैका अवसरमा माछापुच्छ्रे युवा क्लव सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेकले आयोजना गरेको लुम्पेक पहिरो पिडितहरुमा समर्पित मैत्रीपूर्ण खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता तथा विविध साँस्कृतिक कार्यक्रम शनिवार सम्पन्न भएको छ ।गुल्मी स्याङ्जा र पर्वतबाट गरि ३२ समूहको सहभागिता रहेको खुल्ला पुरुष भलिवल प्रतियोगिमा संगम युवा समूह सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक दाङसिगााले ३५ हजार,नगद टफी मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ भने नवप्रतिभा प्रतिष्ठान केन्द्र सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक सिङ्दीले २० हजार, नगद टफी मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ ।

यस्तै आर्दश समाज व्यवस्थापन केन्द्र सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक काउलेले सान्त्वना पुरस्कार हात पारेको छ ।त्यस्तै १२ समूहको सहभागिता खुल्ला महिला भलिवल प्रतियोगिमा माछापुच्छ्रे युवा क्लव सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक बुझुङ आयोजक समूह ए ले १०हजार,नगद टफी मेडल र प्रमाण पत्र सहित प्रथम पुरस्कार हात पारेको छ भने टुनीपोखरी युवा समूह ए सत्यवति गाँउपालिका३ ठूलोलुम्पेक थुम्काले ५ हजार,नगद टफी मेडल र प्रमाण पत्र सहित द्धितीय पुरस्कार हात पारेको छ । यस्तै थ्रि स्टार युवा समूह सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेक कुरहले सान्त्वना पुरस्कार हात पारेको छ ।

गत मंगलवार देखि शुरु भएको खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगिता आज सम्मपन्न भएको हो । “गाँउ वस्तीबाटै खेलकुद विकास तथा कला,संस्कृतिको सरक्षणमा हाम्रो अभियान” भन्ने मुल नारा सहित २०७४ मा स्थापना भइआएको क्लवले स्थापनाकाल देखि नै निरन्तर रुपमा समाजिक क्षेत्रमा सक्रिय भई काम गदै माछापुच्छ्रे युवा क्लव सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेकका सचिव पि।वि मगरले जानकारी दिए ।कार्यक्रम माछापुछ युवा क्लव सत्यवति गाँउपालिका ३ ठूलोलुम्पेकका अध्यक्ष इश्वरी फौजामगरको अध्यक्षता तथा सत्यवति गाँउपालिका ३का वडा अध्यक्ष रुक बहादुर रानाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम क्लवका सक्रिय सदस्य खिम कुमारी सिंजालीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने क्लवका सचिव पि।वि फौजा मगरले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया