प्रदीप भट्टराईले ‘मह’ जोडीको नयाँ फिल्म निर्देशन गर्ने

प्रकाशित मिति:

काठमाडौँ –प्रदीप भट्टराईले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । मह जोडी, षटकोण आर्टस् र प्रदीप भट्टराईको सहकार्यमा चलचित्र निर्माण हुने भएको हो ।फिल्मको आधिकारिक जानकारी दिँदै निर्देशक प्रदीप भट्टराईले चलचित्र अर्को वर्षको कार्तिक ७ गते फिल्म रिलिज हुने जानकारी गराएका छन् ।

यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेर चर्चा कमाएका प्रदीप धेरै फिल्ममेकरको नजरमा परेका छन् । केही समयअघि उनले एक लभस्टोरी फिल्म लिएर आउने बताएका थिए । यद्यपि यतिबेला घोषणा गरिएको फिल्म भने कमेडी हुने अनुमान गरिएको छ ।चलचित्रको नाम केही दिनमा औपचारिक रुपमा घोषणा गर्ने भनिएको छ ।