विजया दशमीको दिन पनि वाणिज्य बैंकका दुई शाखा खुल्ने

१९ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
26 Shares


काठमाडौं/ वडा दशैंको बिदामा पनि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू खुला रहने तथा दुई शाखाहरु विजया दशमीको दिन पनि खुला गरिने छन् ।वडा दशैंको अवसरमा बिदा हुने दिनहरू असोज १८, १९, २० र २२ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २२ वटा शाखा कार्यालयहरू बिहान १० बजेदेखि १ बजेसम्म खुल्ला रहने जनाइएको छ ।काठमाडौँ उपत्याकाभित्रका शाखा कार्यालय बानेश्वर, भोटाहिटी, महाराजगञ्ज, कलङ्की, ललितपुर र त्रि।अ। विमानस्थल खुल्ला रहने बैंकलेजनाएको छ।

त्यसैगरी काठमाडौं उपत्यका बाहिरका शाखा कार्यालय विर्तामोड, दमक, इटहरी, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, महेन्द्रपुल, तुलसीपुर, कोहलपुर, सुर्खेत, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर खुल्ला रहने छन्।शाखा कार्यालय बानेश्वर र महेन्द्रपुल विजया दशमीको दिन पनि खुल्ला रहने छन् । उक्त शाखाहरूबाट नगद जम्मा तथा चेकको भुक्तानी गरी ग्रहकलाई सेवा प्रदान गरिने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हेर्नुहोस् शिक्षक लाइसेन्स परीक्षाको मावि लेखा विषयको नतिजा
  • श्रीलंकाले एमसीसीमा हस्ताक्षर नगर्ने
  • तिलोत्तमा सहकारीद्वारा निः शुल्क स्वास्थ्य शिविरको आयोजना
  • काँग्रेसले क्रियाशील सदस्यता आठ लाख पुर्याउदै
  • बामदेव गौतम नै राष्ट्रिय सभामा मनोनित हुन्छन : नेकपा अध्यक्ष…
  • प्रधानमन्त्री ओलीलाई बाँस्कोटाको प्रवक्ता नबन्न कांग्रेस प्रवक्ता शर्माको सुझाव
  • प्रदेश ५ को नामाकरण मगरात–थरुहट–अवध राख्न माग गर्दै सभामूखलाई ज्ञापन…
  • ‘द लिडर’को बुटवलमा अडिसन हुने
  • घट्यो सुनचाँदीको भाउ
  • सिद्धबाबामा ढुंगाले च्यापेर घाइते भएका गुल्मीका कांग्रेस नेता बाबुकाजीको मृत्‍यु