निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्ने अनुमति

प्रकाशित मिति:

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौंले महरालाई पक्राउ गर्न अनुमति दिएको छ ।संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।यससँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ ।खबरहब