झरना रनिङ सिल्डको उपाधी सिम्रिकलाई

प्रकाशित मिति:

३३ औं झरना रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगिताको शनिवार भएको फाइनल प्रतिष्पर्धामा सिम्रिक युवा क्लब विजयी भएको छ । गत वर्षको विजेता फर्साटिकर एफसी लाई ४–० गोलले पछि पार्दै सिम्रिकले उपाधी चुमेको हो । उपाधिसंगै सिम्रिक नगद ३ लाख १० हजार रुपैयां , कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता फर्र्सा्टिकरले द्धितीय हुंदै नगद १ लाख ५५ हजार सहित कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । प्रतिष्पर्धाबाट सिम्रिकका दानु थापा उत्कृष्ट फरवार्ड, उत्कृष्ट खेलाडी फर्र्सािटकरका फोफाना, उत्कृष्ट मिडफिल्डर सिम्रिकका नितिन थापा र उत्कृष्ट डिफेन्डरबाट सिम्रिकका शंकर राई पुरस्कृत भए ।सेमीफाईनलिस्ट जुगेडी एफसी चितवन र योङ स्टार एफसी मडाहाले २५÷२५ हजार रुपैयां प्राप्त गरेका छन् ।

तिलोत्तमा– ५ कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेलमैदानमा शनिवार भएको फाईनल खेलको शुरुवातमा नै सिम्रिकले अग्रता लिएको थियो । खेलको ८ औ मिनेटमा लक्ष्मण परियारले गरेको प्रहार फर्सा्टिकरका गोलकिपर टिकेन्द्र थापाबाट रिभर्स भएपछि दानु थापाले उत्कृष्ट हेड गर्दै गोलमा परिणत गरे । खेलको १५ औ मिनेटमा फर्र्सा्टिकरले बराबरीको राम्रो अवसर गुमायो । डिफेन्स बिट भएको अवस्थामा आमिर श्रेष्ठ र सुरज हमालले गोल गर्नबाट चुके । खेलको ३७औं मिनेटमा पुन ः दानु थापाले नै वन भर्सेज वनमा गोल गर्दै अग्रता दोब्बर गरे । खेलको ६२औं मिनेटमा जनम लिगलको क्रसमा शिव सुवेदीले हेडमार्फत गोल गरे । खेलको ८५ औ मिनेटमा शिव सुवेदीले ब्यक्तिगत दोस्रो गोलसंगै सिम्रिकको जित पक्का गरे ।
एक समारोहका बिच क्लबका संरक्षक तथा युवा उद्यमी महेश थैव, जिल्ला फुटवल संघ रुपन्देहीका अध्यक्ष दिर्घ बहादुर केसी, एन्फा एकेडेमीका निर्देशक बुद्धि गुरुङ, उमा आधारभुत विद्यालय व्यवस्थानि समितीका अध्यक्ष छत्र बहादुर दर्लामी, क्लबका अध्यक्ष लोक पुन, सल्लाहकार संगिता गुरुङले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गरेका थिए ।