मापसे’गरेर लामो दुरीको बस चलाउने ६ जना प्रहरी नियन्त्रणमा

१९ आश्विन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / महानगरीय प्रहरी बृत्त थनाकोटले मादक पदार्थ सेवन ९मापसे० गरेर लामो दुरीको बस चलाउने ६ जना चालकलाई नियन्त्रणमा लिएको छ । यही असोज १६, १७ र १८ गते लामो दुरीको बस चेकजाँचको क्रममा ती चालकहरुले मापसे गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले नागढुंगा, थानकोट लगाएतका ठाउँमा चेकजाँच गर्दा उनीहरुले मापसे गरेको पाइएको थियो । महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख कुमार बिक्रम थापकाका अनुसार चालकहरु बाबुराम राय, पुष्पराज वाग्ले, राम राय, पूर्ण बहादुर राई, राम प्रसाद उप्रेती, जनक बहादुर भण्डारी र राम कृष्ण पाण्डेलाई नियन्त्रणमा लिइएको हो ।मापसे गरेर सार्वजनिक यातायात चलाएको कसुरमा उनीहरुमाथि सार्वजनिक जनहित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्धा चलाइएको थानकोट प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया