नेपालले हङकङलाई ४ विकेटले हरायो

प्रकाशित मिति:

काठमाडौँ –ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको छ ।अल अम्रेट क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको हङकङले नेपाललाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको थियो ।सो लक्ष्य नेपालले एक ओभर बाँकी छँदै पूरा गरेको हो । यसअघि पहिले व्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

लगातार दुई खेलमा हार बेहोरेको हङकङ नेपालसँगको हारसँगै थप दबाबमा परेको छ । नेपालले दोस्रो खेल सोमबार नेदरल्याण्डसँग खेल्नेछ ।ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड छन् ।