वडाध्यक्ष पौडेलको सर्हानीय कार्य दशैं भत्ता अनाथ बालबालिकालाई

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु  कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं। १ का वडाध्यक्ष सुदीप पौडेलको सर्हानीय कार्य आफुले प्राप्त गरेको दशैं भत्ता अनाथ बालबालिकालाई नगद सहयोग गर्नुभएको छ । वडाध्यक्ष पौडेलले नगरपालिकाबाट प्राप्त दशैं भत्तालाई अनाथ बालवालिकाको हितमा खर्च गर्नुभएको हो । कपिलवस्तु बाल गृहका अनाथ बालबालिकाहरुलाई रु। २५ हजार रुपैया सहयोग गरेको वडाध्यक्ष पौडेलले बताउनु भएको छ ।