तलेजु मन्दिरमा भक्तजनको घुइँचो

२० आश्विन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं ।वर्षमा एक दिन बडादशैँको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने काठमाडौँ दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ भने मन्दिरमा पूजाआजा र बलि दिने क्रम जारी छ ।मल्लकालमा निर्मित यो ऐतिहासिक मन्दिर हाल विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भएपछि पुनःनिर्माणको क्रममा छ ।

यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् ।त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारक हुन् तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • देश कसरी जोगाउने भन्नेमा चिन्तित छु : पुर्वराजा शाह
  • ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी
  • ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको खोजी गरिदिन परिवारको अनुरोध
  • राष्ट्रपति भण्डारीद्धारा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना…
  • ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव ल्याउने डेमोक्र्याटहरूको तयारी
  • मलाई कसैले चाहँदैमा पदबाट हटाउन सकेन त्यही हो स्थिरता :…
  • समाजिक संस्थाहरु स्थापना गर्ने अगुवा सूर्य ज्योती यूवा क्लव ओझेलवाट…
  • हरिनासमा आमा समुहको नवनिर्मित भवनको उद्घाटन
  • सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल
  • प्रधानमन्त्रि ओलीबाट देश र समाजको परिवर्तन सम्भव छैन :नेपाल