सातौं चांदनी कपको उपाधी फर्साटिकर फुटबल क्लबलाई

प्रकाशित मिति:

कञ्चन / सातौं चांदनी कप नकआउट फुटबल प्रतियोगिता प्रतियोगिता २०७६ को उपाधी फुटबल फर्साटिकर फुटबल क्लबले हात पार्न सफल भएकोछ। उपाधी कब्जा गरे संगै फर्साटिकर फुटबल क्लबले नगद रु १ लाख २० हजार र कप तथा मेडल प्राप्त गर्न सफल भएको छ।बिजेता र उपबिजेता फुटबल क्लबहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले खेलकुद बिना कुनै पनि नागरिकमा अनुशासनको बिकास नहुने बताउनु भएकोछ।खेलाडीहरुलाई सम्बोधन गर्दै सांसद भट्टराइले अनुशासन बिना कुनै समृद्धि नहुने उल्लेख गर्दै सामुहिक एकता र बलियो अनुसासनले मात्र हरेक प्रतिस्पर्धाको उपाधी उचाल्न सकिने बताउनु भएकोछ।राष्ट्रिय समसामयिक बिषयमा बोल्दै सांसद भट्टराईले समृद्द नेपाल निर्माणको लागि नेकपा सरकारले राष्ट्रिय गौरबका योजनालाई प्राथमिकता दिएको र दानापुरताललाई बृहत् प्रयटकिय स्थलको रुपमा बिकास गर्नको लागि केन्द्र सरकारबाट आबस्यक बजेटको ब्यबस्था गरिने बताउनु भएकोछ।

यसैगरी ५ नं। प्रदेश सभाका सांसद भुमिश्वर ढकालले खेलकुद सामुहिक एकता र अनुशासनको बलियो सम्बन्धको खेल हो।जसरी बलियो एकताले खेल आफ्नो पक्षमा पार्न सकिन्छ त्यसरी नै सरकारको सपना देशको समृद्धिको लागि सामुहिक एकता प्रतिबद्धताको खाचो पर्ने बताउनु भएकोछ।अर्का विशिष्ट अतिथि तथा जिल्ला फुटबल संघ,रुपन्देहीका अध्यक्ष दिर्घ बहादुर के।सी।ले स्थानिय स्तरमा राष्ट्रिय स्तरको प्रतियोगिता संचालन हुनु निकै खेलकुद बिकासमा महत्वपुर्ण उपलब्धी भएको तर खेलकुद मैदान लगायत अन्य पुर्बाधार कमजोर भएका कारण स्थानिय स्तरमा दक्ष खेलाडीहरु उत्पादन हुन नसकेको बताउनु भएको छ।स्थानिय स्तरमा दक्ष खेलाडी उत्पासन भएपनि खेलक्षेत्रमा हुने नाताबादका कारण राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडीहरु राष्ट्रिय टिममा पर्न नसक्ने र पछिजीवन भर खेल क्षेत्रमा योगदान गरेका तिनै खेलाडी निरास भएर घरमा बस्नु पर्ने बाध्यता रहेको बताउनु भएकोछ।गत असोज ४ गते देखि शुरु भएको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा फर्साटिकर फुटबल क्लब र फुलबारी गायज बुटवल बिच भएको खेलमा फर्साटिकर फुटबल क्लबल ४र२ गोल अन्तरमा फुलबारी गायज बुटवललाई पराजित गरिउपाधि हात पारेको थियो।उपाधी कब्जा गरेसंगै क्लबले एक लाख बीस हजार नगर पुरस्कार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको थियो भने उपबिजेता क्लबले ६० हजार नगद र प्रमाण पत्र अनि मेडलमा चित्त बुझाएकोछ।चादनी युवा क्लबका अध्यक्ष रेम बहादुर पुनको अध्यक्षता,ओम तरामुको संचालनमा सम्पनन कार्यक्रममा क्लबका उपाध्यक्ष दिलकुमारी पुनले स्वागत गर्नु भएको थियो।प्रतियोगितमा न्यु राइजिङ युवा क्लब,अमुवा,विश्व शान्ती युवा क्लब,सालझण्डी,जनज्योती युवा क्लब डिंगरनगर,फर्साटिकर फुटबल क्लब,मुर्गिया फुटबल क्लब,ब्रम्हा युवा क्लब मुर्गिया,एकता युवा क्लब,पिपरीचापा,नव युवा क्लब बर्दघाट,थारु ब्वायज सैनामैना,नव प्रतिभा युवा क्लब,एभुलेसन युवा क्लब तामनगर,दर्शन युवा क्लब,जयबुद्ध सामाजिक युवा क्लब कपिलबस्तु र चांदनी युवा क्लब गरि १६ फुटबल क्लबहरुले सहभागिता जनाएका थिए।