दशैको मुखैमा आयो दुखद खबर, अर्घाखाँचीको सन्धिखर्कमा दुर्घटना, ३ को मृत्यु ५ घाइते

प्रकाशित मिति:

अर्घाखाँची/अर्घाखाँचीको सन्धिखर्कमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।कपिलवस्तुको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको स्कोर्पियो सन्धिखर्च–६ रातमाटामा दुर्घटनामा परेको हो ।

८ जना सवार स्कोर्पियो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।मृतकको सनाखत हुन बाँकी छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।